राजश्व छल्ने ठूला गिरोहमाथि निगरानी: महानिर्देशक अधिकारी

व्यवसायीलाई अनावश्यक दुःख नदिइयोस्: पोखरा उद्योग

पाेखरा | असार २२, २०७९

राजश्व छल्ने ठूला गिरोहमाथि निगरानी: महानिर्देशक अधिकारी

पोखरा:  राजश्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीले राजश्व छलीको मुख्य गिरोहमाथि निगरानी बढाइएको बताएका छन् ।  पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तरक्रिया तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै महानिर्देशक अधिकारीले यस्तो अभिव्यक्ति दिएका हुन् ।

 

१३ दिनअघि महानिर्देशकको पद सम्हालेका उनलाई संघले स्वागत गरेको थियो । सोही अवसरमा बोल्दै उनले ठूला कर छलीको घटनामा आँखा चिम्लेको आरोपबाट विभागलाई मुक्त गराउने प्रतिवद्धता पनि व्यक्त गरे । 
‘म अब ग्राभिटीमा प्रहार गर्न चाहन्छु, बरु २ महिना ढिला होस्, राजश्व चुहावट हुने क्षेत्र पहिचान गरेर विभाग अगाडि बढ्दैछ, अधिकारीले भने, ‘हाम्रो दृष्टिमा ठूला भन्ने कोही छैनन् ।’ 

 

उनले राजश्व चुहावटको सबैभन्दा बढी जोखिम भन्सार क्षेत्र,निर्माण र सेवा क्षेत्रमा रहेको पनि बताए । उद्योगको हकमा राजश्व चुहावट कम रहेको र त्यसले उत्पाकत्व वृद्धिमा सघाएको उनको भनाइ थियो ।

 

राजश्व चुहावटमा नेपालको एउटा निश्चित वर्ग रहेको आशय व्यक्त गर्दै उनले भने, ‘बजार एउटा समूहको अवैधानिक कब्जामा अगाडि बढेको छ,यसलाई रोक्न सकिएन भने हिजो बाबुबाजेको पालादेखि व्यवसाय गर्दै आएकाहरु पलायन हुने खतरा बढेको छ ।’ उनले नयाँ व्यवसायीहरुको रातारात खडा भएको व्यापार साम्राज्यबारे पनि प्रश्न उठाए । 

 

राजश्व चुहावटसँगै अनौपचारिक अर्थतन्त्र नियन्त्रणमा विशेष ध्यान दिएको बताउँदै उनले विप्रेषण पनि अवैध क्षेत्रमा परिचालित भएको जिकिर गरे । 

 

उनले नेपालका ठूला व्यवसाय गर्ने ४ वटा फर्महरुमाथि विभागले अनुसन्धान थालेको र पोखरा क्षेत्रमा पनि २÷४ दिनमै विभागले  देखिने गरी काम गर्ने उद्घोष गरे ।

 

यसअघि महानिर्देशकलाई स्वागत गर्दै पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष पवनकुमार प्रजापतिले उजुरी र छड्के जाँचको नाममा व्यवसायीहरुको मान मर्दन नगर्न तथा व्यवसायीलाई सफाइको मौका दिन माग गरेका थिए ।

 

विभागले सुराकी दिनेलाई प्रोत्साहित गर्ने नीति गलत भएको बताउँदै उनले भने,‘  यसो गर्दा कोही रिस गर्ने व्यक्ति,आरिसे प्रतिस्पर्धी वा सुराकीबाट कमिसन पाउने लोभ पालेको व्यक्तिले छुस्स चुक्ले लगाउँदाको असर निजी क्षेत्रमाथि पर्न गएको छ । यो व्यवस्थामा पुनरावलोकन होस् ।’

 

पोखरा उद्योग वाणिज्य संघ अवैध व्यवसायको पक्षमा नभएको प्रष्ट पार्दै उनले अगाडि भने,‘ तर व्यवसायीमाथि आरोप लाग्दैमा ऊ अपराधी हुँदैन । उसले सफाइको मौका पाउँछ ।  अनुसन्धानको नाममा व्यवसायी पक्राउ गर्दा अपराधीको रुपमा प्रचार नगरियोस् ।’

 

उनले न्याय माग्न जाँदा पनि कर्मचारीलाई नै माथि पार्ने गरी निर्णय आएको गुनासो पनि गरेका थिए ।
 

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्